• २०८१ असोज २२ मंगलबार

इङल्याण्डविरुद्धको टेस्टमा पाकिस्तानको राम्रो शुरुवात

kharibot

काठमाडौँ । पाकिस्तानले इङल्याण्डविरुद्धको टेस्टमा राम्रो शुरुवात गरेको छ ।

टेस्ट सिरिजको पहिलो खेलको पहिलो दिनमा पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ४ विकेट गुमाएर ३२८ रन बनाएको छ ।

पाकिस्तानका लागि कप्तान शान मसूदले १५१ रन बनाए भने ओपनर अब्दुल्लाह शफिकले १०२ रन बनाए ।

त्यस्तै बाबर आजमले ३० र साउद शकीलले ३५ रन बनाएर खेलिरहेका छन् । त्यस्तै इङल्याण्डका बलर गस एटकिनसनले २ विकेट लिए भने क्रिस वोक्स र ज्याक लीचले एक एक विकेट लिए ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै