• २०८१ असोज २१ सोमबार

जयसूर्या श्रीलंकाको पुर्णकालिन मुख्य प्रशिक्षकमा नियुक्त

kharibot

काठमाडौँ । सनथ जयसूर्या श्रीलंकाको पुर्णकालिन मुख्य प्रशिक्षक नियुक्त भएका छन् । श्रीलंका क्रिकेट बोर्डले जयसूर्यालाई २०२६ को क्रिकेट विश्वकपसम्मका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यस अघि गत जुलाईदेखि जयसूर्या अस्थायी रुपमा श्रीलंकाको प्रशिक्षकको रुपमा रहेका छन् ।

उनको नेतृत्वमा श्रीलंकाले पछिल्लो समयमा भारत, इङल्याण्ड र न्यूजील्याण्डविरुद्धको सिरिज खेलेको थियो । 

अब जयसूर्याले पूर्ण रुपमा प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि श्रीलंकाले घरेलु मैदानमै वेस्ट इन्डिजविरुद्ध सिरिज खेल्दै छ ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै