• २०८१ बैशाख १५ शनिबार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता 

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । 

प्रधानमन्त्री ओली आज बिहान १०:१५ बजे स्वदेश आईपुगेका हुन्  ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए । 

यहि असार ५ गते चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा काठमाडौंसम्म रेल ल्याउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई देशबीच गएको विहीबार रेलमार्गसहित विभिन्न १४ विषयमा सम्झौता र सहकार्यका लागि पत्र आदानप्रदान भएको हो । सरकारले चीन भ्रमण निकै सफल र उपलब्धिमूलक भएको बताएको छ । 

प्रधानमन्त्री ओली शनिबार नेपाली महावाणिज्यदूतावास ल्हासाले आयोजना गरेको रात्रिभोजमा सरिक भएका थिए । नेपाली टोलीले क्यूशी काउन्टीमा रहेको ‘चाइना नेशनल मोर्डन एग्रिकल्चर पाइलट जोन’को अवलोकन गरेको थियो । नेपाली प्रतिनिधिमण्डलले हिजै पोताला दरबार र जोखान मन्दिरको पनि भ्रमण गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै