• २०८१ असोज २१ सोमबार

महिला टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई हरायो

kharibot

काठमाडौँ । जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १०६ रनको लक्ष्य पछाएको भारतले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउदै १०५ रन बनाएको थियो ।

समुह ए मा रहेको भारतको यो दोस्रो खेलमा पहिलो जित हो । यस अघि भारत न्यूजिल्याण्डसँग पराजित भएको थियो । त्यस्तै पाकिस्तानको पनि यो दोस्रो खेलमा पहिलो हार हो । पाकिस्तानले यस अघि पहिलो खेलमा सिलंकालाई पराजित गरको थियो ।

अब भारतले अर्को खेल बुधबार श्रीलंकाविरुद्ध खेल्ने हच भने पाकिस्तानले शुक्रबार अस्ट्रेलियाको सामना गर्ने छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै