• २०८१ असोज २० आइतबार

एनपीएल अक्सन: अर्जुन कुमाललाई सुदूरपश्चिमले किन्यो

kharibot

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टिमका अर्जुन कुमाल सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् ।

आइतबार भएको अक्सनमा कुमाललाई ७ लाख ५० हजारमा सुदूरपश्चिमले किनेको हो ।

यस अघि सुदूरपश्चिमले ब्याट्सम्यान आरिफ शेख र बलर अविनाश बोहोरालाई पनि किनेको थियो । 

सेखलाई उच्चतम मूल्य १५ लाख सुदूरपश्चिमले किनेको छ भने डेथ ओभर स्पेस्लिष्टको पहिचान बनाएका बलर अबिनास बोहोरालाई सुदूरपश्चिमले १२ लाखमा किनेको ।

सुदूरपश्चिम फ्रेन्चाईजीको मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै