• २०८१ असोज २० आइतबार

प्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले पहिलो जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा लेस्टर सिटीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

लेस्टर सिटीको जितमा खेलको १६औं मिनेटमा फकुन्डो बुओनानोटटेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो लेस्टर सिटीको यस सिजनमा पहिलो जित हो । लेस्टरको ७ खेलमा एक जित जित बराबरी र ३ हारसहित ६ अंक भएको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

त्यसैगरी बोर्नमाउथको भने ७ खेलमा ८ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै