• २०८१ असोज १९ शनिबार

जोटाको निर्णायक गोलमा लिभरपुल विजयी

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसमाथि जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा खेलको नवौं मिनेटमा डिओगो जोटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि लिभरपुलको ७ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ ।

त्यसैगरी क्रिस्टल प्यालेसको भने यो यस सिजनमा चौथो हार हो । यो खेलपछि क्रिस्टल प्यालेसको ७ खेलमा ३ अंक रहेको छ र लिगमा १८औँ स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै