• २०८१ असोज १९ शनिबार

महिला भलिबल लिगको फाइनलमा कर्णाली र ललितपुर भिड्ने

kharibot

काठमाडौँ । जारी एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली यशविस र ललितपुर क्विन्स भिड्ने भएका छन् ।

लिग चरणका खेल सकिएसँगै शिर्ष दुई स्थानमा रहेका कर्णाली र ललितपुर फाइनलमा भिड्ने भएका हुन् ।

गएराती सम्पन्न खेलमा कर्णालीले काठमाडौँ स्पाइकर्सलाई ३-१ को सेटमा हराएको थियो ।

यो जितपछि कर्णालीको ५ खेलमा १३ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै ललितपुरको ५ खेलमा १० अंकसहित दोस्रो स्थानमा रहेको छ र फाइनलमा पुगेको छ ।

त्यसैगरी हारसँगै काठमाडौँको ५ खेलमा ९ अंक रहेको छ र तेस्रो स्थानमा रहदै फाइनलको दौडबाट बाहिरिएको छ ।

त्यस्तै चितवन शक्तिको ५ खेलमा ७ अंकसहित चौथो स्थानमा रहेको छ र गण्डकी थण्डर्सको ५ खेलमा ६ अंक रहेको छ । त्यस्तै मधेश युनाइटेड भने पाँचै खेलमा हार बेहोरेको थियो ।

अब फाइनल खेल आज अपराहन्न साढे ५ बजे कर्णाली र ललितपुरबीच हुने छ ।
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै