• २०८१ असोज १९ शनिबार

दाउन्ने सडक फेरी भासियो, यातायात पूर्णरुपमा अवरुद्ध

kharibot

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका नुसार करिब २० फिट लम्बाइ र ५ फिट सडक शुक्रबार साझँ ५:४५ बजे भासिएको हो । भासिएको सडक मर्मत भइरहेको छ । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने जाने सवारी रोकिएका छ्न् । 

यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । अहिले वर्दघाट र दुम्कीबास क्षेत्रमा सवारी साधनको लामो लाम लागेको छ ।

दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ । चाडबाडको समयमा पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्न परिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै