• २०८१ असोज १९ शनिबार

बाढी पहिरोबाट क्षति भएका जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा

kharibot

काठमाडौं । सरकारले बाढी पहिरो प्रभावित केही जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले  विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको सिफारिशको आधारमा काभ्रे, काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, सिन्धुली जिल्लाका प्रभावित स्थानीय तहहरूलाई विपद् संकटग्रस्त घोषणा गरेको हो ।  

सरकारले बाढी र पहिरोका कारण ठूलो मात्रमा जनधनको क्षति पुर्‍याएको क्षेत्रमा संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बाढीपहिरोबाट २३९ जनाको मृत्यु, १६९ जना घाइते र १८ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै