• २०८१ असोज १८ शुक्रबार

भारतीय विदेशमन्त्री जयशंकर पाकिस्तान भ्रमणमा जाने

kharibot

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर पाकिस्तान जाने भएका छन् ।

विद्रेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारतीय विदेशमन्त्री जयशंकरले पाकिस्तानको भ्रमण गर्ने जानकारी दिएका हुन् । जैसवालले भने, ‘परराष्ट्रमन्त्री शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन पाकिस्तान जानेछन् ।

 जयशंकरले पाकिस्तानको राजधानी इस्लामावादमा अक्टोबर १५ र १६ मा हुने एससीओ शिखर सम्मेलनमा भाग लिनेछन् ।'

हाल भारतीय विदेशमन्त्री श्रीलंका भ्रमणमा रहेका छन् । श्रीलंकामा नयाँ सरकार बनेपछि उनी पहिलो पटक श्रीलंका पुगेका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै