• २०८१ असोज १९ शनिबार

भन्सार नतिरी सामान ल्याउन खोज्ने सशस्त्र प्रहरी करवाहीमा

kharibot

काठमाडौँ । विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन  खोजेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारी लाई करवाही  प्रक्रिया अगाडि बढाइएको  छ ।

अफिस प्रयोजनको लागि भन्दै निजि गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्धती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरिक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार राम बहादुर कुवर लाई नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडी बढाएको हो ।

त्रिनगर  भन्सार कार्यालयको एरियामा  भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनिहरुलाई नं. ३४ गण कैलालीले नियन्त्रणमा लिएको थियो  । यसै बिच त्रिनगर नाका हुँदै नेपाल प्रबेश गर्ने यात्रुहरुलाइ अनावश्यक दुख दिएको र पैसा समेत असुलिएको भन्ने गुनासोका आधारमा नं. ३४ गण कैलालिले सुक्ष्म निगरानी गरेको छ । यसैगरि सिमानामा आवतजावत गर्ने ब्यक्तिहरुलाई दुख हैरानी दिने तर्फ ध्यान दिदै सशस्त्र प्रहरिका अधिकृत हरुले सादा पोषाकमा खटिएर अनुगमन समेत गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै