• २०८१ असोज १९ शनिबार

इजरायलले इरानका तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?

kharibot

काठमाडौँ । इरान र इजरायलबीचको पछिल्लो बढ्दो तनावले कच्चा तेलको बजारमा सबैभन्दा ठूलो असर पार्ने सम्भावना देखिएको छ । जसका कारण विश्वभर तेलको मूल्यमा भारी वृद्धि हुनसक्ने विश्लेषण गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको बयानपछि भने यो आशंका अझ बढेको छ । बाइडेनले इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाउन सक्ने र यस सम्भावित आक्रमणको बारेमा अमेरिकामा छलफल भएको बताएका छन् । बाइडेनलाई अमेरिकाले इरानको तेल केन्द्रमा इजरायली आक्रमणलाई समर्थन गर्छ ? भनेर सोधिएको थियो । तर बाइडेनले भने यसबारे छलफल गरिरहेको बताए ।

इजरायल-इरान तनावको पछिल्लो अवस्था

इरानले यो हप्ता मङ्गलबार राति इजरायलतर्फ सयौं मिसाइल प्रहार गरेको थियो । त्यसयता दुई देशबीच तनाव बढेको छ । इजरायलको विदेश मन्त्रालयका अनुसार इरानले इजरायलमा १८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो र त्यसमा एक प्यालेस्टाइनीको मृत्यु भएको छ । पाँच महिनाअघि अप्रिलमा इरानले इजरायलमाथि करिब ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलहरू प्रहार गरेको थियो । 

इरानको पछिल्लो मिसाइल हमलापछि इजरायली सुरक्षा मन्त्रिपरिषद्को बैठक बंकरमा भएको थियो, जसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले ठूलो गल्ती गरेको र त्यसको मूल्य चुकाउनुपर्ने बताएका थिए ।

जुलाईमा हमासको राजनीतिक शाखाका प्रमुख इस्माइल हानियाको तेहरानमा हत्या भएको थियो । इरानले यसका लागि इजरायललाई दोष दिदै आएको छ । तर, यो हत्यापछि इरानले इजरायलविरुद्ध कुनै आक्रामक कदम चालेको थिएन । त्यस पछि, यस वर्ष सेप्टेम्बर २७ मा हिजबुल्लाह नेता हसन नसरल्लाह लेबनानमा इजरायली आक्रमणमा मारिए । यी दुवै नेतालाई इरानका समर्थक मानिन्थ्यो ।

उनको हत्यापछि इरानलाई पनि जवाफ दिन आफ्नै देशभित्रबाट दबाब परेको बताइएको छ ।  इरानले यी दुई हत्याको बदला लिन इजरायलमा मिसाइल प्रहार गरेको बताएको छ ।

बुधबार इजरायली सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार इजरायलले केही दिनभित्रै इरानका केही महत्वपूर्ण रणनीतिक लक्ष्यलाई निशाना बनाउने तयारी गरेको छ । यी आक्रमणहरूमा इरानको महत्त्वपूर्ण तेल साइटहरूमा आक्रमणको पनि अनुमान गरिएको छ । 

मध्यपूर्वमा अहिलेको तनावका बीच यदि इरानको तेलको कुवा र भण्डारमा आक्रमण भयो भने यसको असर ठूलो मात्रामा पर्ने विश्लेषण गरिएको छ । यसले तेल आपूर्तिमा मात्रै असर गर्दैन, रणनीतिक हिसाबले महत्वपूर्ण धेरै सडक बन्द हुन सक्छन् । जसका कारण लागत र मुद्रास्फीति बढ्ने भएकाले अन्य वस्तु ढुवानीका लागि लामो दुरी तय गर्नुपर्ने हुनसक्छ ।  समग्रमा यसको प्रत्यक्ष असर नेपाल, भारतसहित दक्षिण एशियाका देशहरुमा ठुलो पर्ने देखिन्छ ।

विश्व तेल बजारमा इरानको महत्व

 इरान संसारको सातौं ठूलो तेल उत्पादक हो । यसले आफ्नो तेल उत्पादनको आधा निर्यात गर्छ । यसको प्रमुख बजार चीन समावेश छ । तर, चीनमा तेलको कम माग र साउदी अरेबियाबाट पर्याप्त मात्रामा तेलको आपूर्तिले यस वर्ष तेलको भाउ निकै बढेको छ । इरानसँग विश्वको चौथो ठूलो तेल भण्डार छ । जबकि इरानसँग विश्वको दोस्रो ठूलो ग्यास भण्डार छ । 

इरान पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक) मा तेस्रो ठूलो उत्पादक हो र प्रति दिन लगभग ३ मिलियन ब्यारेल तेल उत्पादन गर्दछ । यो कुल विश्वव्यापी उत्पादनको करिब तीन प्रतिशत हो ।इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएर ध्वस्त पारेमा तेल आपूर्तिमा असर पर्ने र विश्वभर तेलको मूल्यमा ठूलो वृद्धि हुने डर छ । 

आर्थिक प्रतिबन्धका कारण चीनले हाल इरानबाट सबैभन्दा बढी तेल किन्ने गरेको विश्वास गरिन्छ भने अर्को ठुलो देश भारतले अहिले रुसबाट ठूलो मात्रामा कच्चा तेल खरिद गरिरहेको छ । तर इरानबाट तेल नआएमा चीनमा अन्य देशबाट यसको माग बढ्छ र यसले तेलको मूल्यमा असर पार्छ ।

हसन नसरल्लाहको हत्यापछि इरानको क्षेप्यास्त्र आक्रमणको डर थियो, त्यही समयमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ५ प्रतिशतले बढेको तथ्यबाट पनि यो प्रभाव बुझ्न सकिन्छ । यस्तो अवस्थामा इजरायलले इरानको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएमा यसको अन्तर्राष्ट्रिय तेल बजारमा व्यापक असर पर्न सक्छ ।

'ब्रेन्ट क्रूड' तेलको अन्तर्राष्ट्रिय मूल्यको बेन्चमार्क हो । यस अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल आधारमा दिएको बयानपछि कच्चा तेलको मूल्य पाँच प्रतिशतले बढेको छ । ‘ब्रेन्ट क्रुड’का अनुसार सोमबार इजरायलमा इरानको मिसाइल हमलापछि कच्चा तेलको मूल्य अहिलेसम्म १० प्रतिशतले बढेर प्रति ब्यारेल ७७ डलरको हाराहारीमा पुगेको छ । यद्यपि यो यो वर्षको अधिकतम मूल्यभन्दा अझै कम छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै