• २०८१ असोज १७ बिहीबार

मेसी र स्वरेजको गोलमा इन्टर मियामी विजयी

kharibot

काठमाडौँ । अमेरिकन लिग सकर अन्तर्गत इन्टर मियामीले कोलम्बसलाई पराजित गरेको छ ।

विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले कोलम्बसलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा लियोनेल मेसीले २ गोल गरेका थिए भने लुइस स्वरेजले एक गोल गरेका थिए ।

त्यस्तै कोलम्बसका लागि डिएगो रोजी र चुचो हेर्नानडेजले एक एक गोल गरेका थिए । खेलको ८४औ मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि कोलम्बसले खेल बराबरी गर्ने अवसर गुमाएको थियो ।

यस खेलमा खेलको ६३औ मिनेटमा रुडी कामचोले रातो कार्ड पाएपछि कोलम्बस १० खेलाडीमा समिति भएको थियो ।

यो जितपछि इन्टर मियामीको ३२ खेलमा ६८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको कोलम्बसको ३१ खेलमा ५७ अंक रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै