• २०८१ असोज १७ बिहीबार

एस्टन भिल्लासँग बायर्न म्युनिख स्तब्ध

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख प्रिमियर लिग क्लब एस्टन भिल्लासँग स्तब्ध भएको छ ।

गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले बायर्न म्युनिखलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

एस्टन भिल्लाको जितमा खेलको ७९औँ मिनेटमा जोन दुरानले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितसँगै एस्टन भिल्लाले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ र २ खेलमा ६ अंक बनाएको छ ।

त्यसैगरी पहिलो खेलमा जित हासिल गरेको बायर्न म्युनिखले यो खेल हारेर २ खेलमा ३ अंक रहेको छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै