• २०८१ असोज १२ शनिबार

कार्यालयमा बागमतीको बाढी पसेपछि एपीवान टिभीको प्रशारण रोकियो

kharibot

काठमाडौं । एपीवान एचडी टेलिभिजनको मुख्यालयमा बाढी पसेपछि प्रशारण अवरुद्ध भएको छ । बाढी पसेपछि अहिले सो टिभीको प्रसारण सेवा बन्द भएको जनाईएको छ ।

कार्यालयका गाडी, कम्युटर, ब्याकअपलगायतका सामाग्रीसहित डुबानमा परेकाले प्रशारण बन्द भएको एपीवानले जनाएको छ । एपीवानको कार्यालयभित्रसम्म बाढी पसेको कारण विद्युत सेवा अवरुद्ध भएको थियो ।

एपीवान टेलिभिजनले भनेको छ- 'बागमती नदीमा आएको बाढीका कारण एपीवान टिभीको प्रसारण अवरूद्व भएको छ । यसबाट हुन गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।'

अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा पनि जनधनको क्षति भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै