• २०८१ असोज १२ शनिबार

रेन्नेजमाथि पिएसजीको सहज जित

kharibot

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले रेन्नेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले रेन्नेजलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा ब्राडली बार्कोलाले २ गोल गरेका थिए भने ली कांगले एक गोल गरेका थिए । त्यसैगरी रेन्नेजका अर्नाउड कालिमुएन्डोले एक गोल गरेका थिए ।

यो पिएसजीको लिगमा ६ खेलमा पाँचौं जित हो । यो जितपछि पिएसजीको ६ खेलमा १६ अंक भएको छ र लिगको शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै रेन्नेजको ६ खेलमा ७ अंक रहेको छ र लिगको आठौँ स्थानमा छ ।
        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै