• २०८१ असोज ५ शनिबार

नामिबियामाथि युएईको कीर्तिमानी जित

kharibot

काठमाडौँ । युएईले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा युएईले नामिबियाविरुद्ध कीर्तिमानी एक विकेटको जित हासिल गरेको हो ।

नामिबियाले दिएको ३१४ रनको लक्ष्य पछाएको युएईले ४९.३ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । युएईले एकदिवसीय क्रिकेटमा तीन सयभन्दा बढी रनको लक्ष्य चेज गरेर जित हासिल गरेको पहिलो पटक हो ।

युएईको जितमा विष्णु सुकुमारणले ९७ र बसिल हमीदले ७१ रन बनाएका थिए । त्यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले माइकल भान लिंगेनको १०७ रनको शतकीय पारीको मद्धतले ५० ओभरमा ३१३ रन बनाएको थियो ।

यो जितपछि लिग-२ मा युएईको ५ खेलमा २ अंक भएको छ । त्यस्तै नामिबियाको भने १० खेलमा ८ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय