• २०८१ असोज ५ शनिबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

kharibot

तेह्रथुम । ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका-१ गैंरी टोल डेरा गरी बस्ने  भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

तामाङले ती महिलालाई भदौ ३० गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय