• २०८१ असोज ३ बिहीबार

सुनको मुल्यमा नयाँ रेकर्ड

kharibot

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो । यो सुनको अहिलेसम्म कै उच्च मूल्य हो ।

यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १८६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै