Skip This
  • २०८१ असोज २ बुधबार

संबैधानिक निकायका सबै रिक्त पदमा छिटो सिफारिस गर्न प्रचण्डको सुझाव

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संबैधानिक निकायमा रिक्त रहेका पद छिटो सिफारिस गर्न सुझाव दिएका छन् ।

विहिबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले रिक्त पदमा छिटो सिफारिस गर्न सुझाव दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्डले शुक्रबार बस्ने संवैधानिक निकायको बैठकबाट सम्भव भएसम्म सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा  सिफारिस गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

शिर्ष नेताहरुको भेटवार्तामा अन्य विषयमा छलफल नभएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै