• २०८१ असोज १ मंगलबार

कांग्रेसको केन्द्रीय समिति बैठकले के के निर्णय गर्यो ?

kharibot

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले विधानले व्यवस्था गरेअनुसार अधिवेशन समयमा नै सम्पन्न गर्ने निर्णय गरेको छ । 

आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले कांग्रेसको संगठनलाई चुस्त, दुरुस्तरूपमा गाउँगाउँमा पुर्‍याउने, संगठनको अभियानलाई अगाडि बढाउने निर्णय गरेको प्रवक्ता डा, प्रकाश शरण महतले जानकारी दिएका छन् । 

उनले चुनावअघिको गठबन्धनबारे पार्टीलाई केन्द्रबिन्दुमा राखेर पार्टीलाई बलियो बनाउने, एकीकृत गर्ने तथा महामन्त्री गगन थापाले राखेको निर्वाचनअघि गठबन्धन गर्न नहुने प्रस्तावमा सोही दिशामा अघि बढ्ने निर्णय भएको प्रवक्ता महतले जानकारी दिएका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमा उल्लेखित 'एक्जिट पोलिसी' को सम्बन्धमा छलफल गर्दा निर्णय गर्न केन्द्रीय समितिले आवश्यक नठानेको र संविधानसँग पनि जोडिने भएकाले संविधान संशोधनका क्रममा छलफल अघि बढाउने निर्णय भएको महतले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै