• २०८१ असोज २ बुधबार

पिकअपको ठक्करबाट एकको मृत्यु

kharibot

रौतहट । मधेश काठमाडौं जोड्ने द्रुतमार्ग अन्तर्गत बाराको तामागढी सिम्रौनगढ सडक खण्डमा पर्ने पडरी चौकमा पिकअप भ्यानको ठक्करबाट रौतहटका एकजना व्यवसायीको मृत्यु भएको छ ।

सिम्रौनगढतर्फ जाँदै गरेको प्रदेश २–०१–४९२० नम्वरको पिकअप भ्यानले कोल्हवी बजारबाट साइकलमा तरकारी लिएर रौतहटतर्फ आउदै गरेको मौलापुर नगरपालिका  ८ सोनरनियाका ५५ बर्षिय अधिकारी यादवलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो ।

ठक्कर दिने पिकअप भ्यान सहित सवार कोल्हवी १ का साजन चौधरी र प्रिन्स जयसवाललाई ईलाका प्रहरी कार्यालय कोलहभिले नियन्त्रणमा लिएको छ । कोलहविका सई लालु यादवले पक्राउ परेका दुवैजनाले एक अर्कामाथि गाडी चलाएको बिबादास्पद बयान दिएको तथा थप अनुसन्धान भइरहेको बताएका छन् ।

मृतक यादवको शव प्रादेशिक अस्पताल कलैया पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै