• २०८१ असोज १ मंगलबार

मलाई एक्लै बस्न मन पर्दैन, पार्टनरको आवश्यकता छ- आमिर खान

kharibot

काठमाडौँ । बलिवुड अभिनेता आमिर खानले आफुलाई पार्टनरको आवश्यकता रहेको बताएका छन् ।

५९ बर्षिय अभिनेता आमिर खानले रिया चक्रवर्तीको पोडकास्ट च्याप्टर २ मा बोल्दै आफ्नो निजी जीवन बारे चर्चा गरेका हुन् । बलिउडमा मिस्टर परफेक्शनिस्ट भनेर चिनिने आमिरले पोडकाष्टमा आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनसँग सम्बन्धित धेरै रोचक कुराहरू सेयर गरेका छन् । कुराकानीका क्रममा आमिरले आफूलाई साथीको आवश्यकता रहेको पनि बताए । यस क्रममा उनले आफ्ना दुवै पूर्व पत्नीको पनि उल्लेख गरे । कुराकानीका क्रममा आमिर खानले भने, ‘मलाई एक्लै बस्न पटक्कै मन पर्दैन । मलाई साथी चाहिन्छ । म एक्लो मान्छे होइन, मलाई कम्पनी मन पर्छ । म मेरा दुवै पूर्व पत्नी रीना र किरणसँग धेरै नजिक छु । हामी सबै एक परिवार जस्तै छौं ।'

यस बाहेक रियाले आमिर खानसँग विवाहबारे उनको धारणा जान्न चाहन्थिन् । यसबारे आमिरले भने, ‘मेरो दुई विवाह असफल भएका छन् । त्यसैले मसँग विवाहको बारेमा कुनै सल्लाह न सोध्नुहोस् । यसबाहेक आमिरलाई तेस्रो विवाहको बारेमा सोध्दा उनले भने, ‘म अहिले ५९ वर्षको भएँ । अब फेरि बिहे कहाँ गर्ने ? गाह्रो देखिन्छ । मेरो जीवनमा धेरै सम्बन्धहरू छन्, म मेरा बच्चाहरू र परिवारसँग जोडिएको छु ।'

आमिर खानले दुई पटक विवाह गरिसकेका छन्, यद्यपि उनको दुवै विवाह असफल भए । उनको पहिलो विवाह रीना दत्तसँग भएको थियो, जसबाट उनका दुई सन्तान छन् - जुनैद खान र आयरा । त्यही समयमा उनको दोस्रो विवाह निर्देशक किरण रावसँग भएको थियो, जसबाट आमिरको एक छोरा आजाद छन् । आमिरका जेठा छोरा जुनैदले पनि फिल्म ‘महाराज’ बाट इन्डस्ट्रीमा डेब्यु गरेका छन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने आमिर छिट्टै नयाँ फिल्म ‘सितारा जमीन पर’ लिएर आउदै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै