• २०८१ असोज १ मंगलबार

क्यानडाले विदेशी श्रमिकको संख्या घटाउने घोषणा

kharibot

काठमाडौँ । क्यानडाले विदेशी श्रमिकको संख्या घटाउने घोषणा गरेको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले सरकारले देशमा कम पारिश्रमिक र अस्थायी विदेशी कामदारहरूको संख्या घटाउन लागेको घोषणा गरेका हुन् ।

ट्रुडोले अब क्यानाडाली व्यवसायहरूले घरेलु कामदार र युवाहरूमा लगानी गर्ने समय आएको बताउदै अहिले श्रम बजारमा परिवर्तन आएको बताएका छन् । उनले भनेका छन्- 'हामी क्यानाडामा आउने कम ज्याला, अस्थायी विदेशी कामदारहरूको संख्या घटाउँदैछौं । श्रम बजार परिवर्तन भएको छ। अब हाम्रो व्यवसायहरूले क्यानाडाली कामदार र युवाहरूमा लगानी गर्ने समय हो ।'

क्यानडा बढ्दो जनसंख्याको समस्यासँग जुधिरहेको बेला यो कदम चालिएको हो । यो समस्याले आवास र स्वास्थ्य सेवा जस्ता सार्वजनिक सेवामा दबाब परेको अर्थविद्हरू बताउँछन् । संघीय तथ्याङ्कका अनुसार गत वर्ष क्यानाडाको जनसंख्या बृद्धि हुनुको सबैभन्दा ठूलो कारण अध्यागमन थियो ।

ट्रुडो र उनको सरकार देशमा सेवा र आवास निर्माण जस्ता सुविधाहरू नबढाई अध्यागमनलाई बढावा दिएकोमा आलोचना भइरहेको छ । जबकि पछिल्लो दुई महिनामा क्यानडाको बेरोजगारी दर बढेर ६.४ प्रतिशत पुगेको छ । यसको अर्थ देशभर करिब १४ लाख मानिस बेरोजगार रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै