• २०८१ असोज १ मंगलबार

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

kharibot

काठमाडौं । विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ३७ बर्षीय राज कुमार तिमल्सिनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतबाट गत असार ५ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट पक्राउ गरेको हो । तिमल्सिना प्रहरी वृत्त जगाती भक्तपुरमा बैंकिङ कुर मुद्दामा समेत फरार रहेको खुल्न आएको छ । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि साइबर ब्यूरो भोटाहिटी काठमाडौं पठाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै