काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी भुजुवा, नवलपरासी (बु.सु.पश्चिम) दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्क, रुपन्देहीमा कार्यरत प्रहरी हबल्दार डुक बहादुर खड्कालाई घुससहित पक्राउ गरेको छ ।
अख्तियारले हवल्दार खड्काले रुपन्देहीको भगवानपुर नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्न भन्दै १५ हजार घुससहित पक्राउ गरेको जनाएको छ ।
अख्तियारले खड्कालाई घुस रकमसहित रुपन्देहीको सिमरहा चौक नजिकबाट विहिबार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।