Skip This
  • २०८१ असोज २ बुधबार

टीआरसी विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनेको छ- देउवा

kharibot

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी संशोधन गर्न बनेको विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकलाई संवोधन गर्दै उनले भने, ‘यो विधेयक हाम्रो प्रचिलत कानुन, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको भएको छ।’

यो संसोधन विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले समेत नियालीरहेको भन्दै देउवाले उनीहरूबाट समेत साथ प्राप्त हुने विश्वास व्यक्त गरे । ‘संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउँदै गर्दा हामीलाई अन्तर्राष्ट्रिय समुदायले निकायलीरहेको छ,’ उनले भने, ‘यो विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवालाले पनि स्वागत गर्ने हाम्रो विश्वास छ ।’

उनले विभिन्न अन्तर्राष्ट्रिय कानुनलाई समेत मध्यनजर गरेर विधेयक अगाडि बढाइएको भन्दै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न लागि परेको बताए । त्यसक्रममा उनले यसअघि सबै दलहरू एक ठाउँमा उभिएर राम्रो संविधान बनाएको भन्दै अब उक्त संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै