• २०८१ असोज २१ सोमबार

हत्या आरोपमा हसिनामाथि अनुसन्धान गर्न अदालतको आदेश

kharibot

काठमाडौँ । बंगलादेशको एक अदालतले ढाकामा एक राशन पसलेको हत्यामा पूर्व प्रधानमन्त्री शेख हसिनाको कथित भूमिकाको अनुसन्धान गर्न आदेश दिएको छ ।

यस मामलामा उजुरीकर्ताका वकिलले गत महिना विद्यार्थी आन्दोलनका क्रममा पसलको हत्या भएको बताएका छन् ।

आमिर हम्जाले हसिना र अन्य ६ जनाविरुद्ध मुद्दा दायर गरेका छन्, जसलाई ढाकाको मुख्य मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतले सुनुवाइका लागि स्वीकार गरेको छ ।

आमिर हम्जाका वकिल अनवारुल हकले यो जानकारी दिएका छन् । उजुरी सुनेर मजिस्ट्रेट राजेश चौधरीले हसिनाविरुद्ध छानबिन गर्न आदेश दिएको उनले बताए । बंगलादेशमा भर्खरै भएको प्रदर्शन र हिंसाका क्रममा मृत्यु भएपछि पहिलो पटक हसिनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

यस मामिलामा हसिनाको पार्टी अवामी लिगका महासचिव अब्दुल कादिर र पूर्व गृहमन्त्री अब्दु जम्मन खान र केही वरिष्ठ प्रहरी अधिकारीको भूमिकाको पनि छानबिन हुने भएको छ ।

विद्यार्थी आन्दोलनका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा जुलाई १९ मा रासन पसलका मालिक अबु सईदलाई गोली लागेको हम्जाले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै