• २०८१ असोज १ मंगलबार

रवि लामिछाने भन्छन्- उद्योगीले इफ बट नभनी वक्यौता तिर्नुपर्छ

kharibot

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले आम सर्वसाधरणले झैं व्यवसायीहरुले विद्युत प्राधिकरणको बक्यौता तिर्नुपर्ने बताएका छन् ।

मंगलबार पार्टी संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले उद्योगी व्यवसायीहरुले कुनै इफ बट नभनी वक्यौता तिर्नुपर्ने बताएका हु्न् । विजुलीको वक्यौता तिर्ने वा नतिर्ने भन्ने कुरा मन्त्री र प्रधानमन्त्रीले आदेश दिएर नहुने उनको भनाइ छ ।

‘बाँकी वक्यौता तिर्नुपर्छ । त्यसमा कुनै इफ, बट छैन । हामीले स्पष्ट रुपमा भनेका छौं । आज पनि हामी यसबारेमा कुराकानी गरेका छौं । जसरी आम सर्वसाधरणले तिर्नुपर्छ, नतिरी हुँदैन, त्यसैगरी, जोसुकै होस्, विजुलीको पैसा तिर्नुपर्छ । यो कुनै मन्त्री, प्रधानमन्त्रीले आदेश दिने कुरा होईन । यो पैसा तिर्नुपर्छ भन्ने कुरामा हामी स्पष्ट छौं,’– उनले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै