• २०८१ कार्तिक १६ शुक्रबार

माओवादीको स्थायी कमिटी बैठक सुरू, प्रचण्डले भोलि जवाफ दिने

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी मुख्यालय पेरिस डाँडामा सुरु बैठकमा आज १४ जना नेताले आफ्नो धारणा राख्ने बताईएको छ । स्थायी कमिटी बैठक भोलि नै समापन गरिने जनाईएको छ ।

जारी बैठकमा वर्तमान राजनीतिक परिस्थिति, समाजवादी विचारको विकास, पार्टी निर्माण र भावी योजनाबारे खुलाखुलस्त छलफल भैरहेको छ । यसपटक अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र खुला छलफल गराएका छन् । नेतृत्वको समेत खुलेर आलोचना गरिएको छ । कतिपय नेताले त नेतृत्व परिवर्तनको आवाजसमेत उठाएका छन् ।

मिडियामा माओवादी विभाजन हुन लागेका समाचारबारे अध्यक्ष प्रचण्डले भने पार्टीभित्र देखिएका सबैखाले समस्या हल भएर जाने र कुनै टेन्शन नभएको दाबी गरेका छन् । प्रचण्डले छिट्टै पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाउने निधो गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै