• २०८१ असोज ५ शनिबार

मधेसका मुख्यमन्त्री सिंहले हटाए ८ राज्यमन्त्री

kharibot

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ राज्यमन्त्रीलाई हटाएका छन् ।

जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएको तथा जनमत पार्टीले स्पष्टीकरणसमेत सोधे पछि मुख्यमन्त्री सिंहले आज ८ राज्यमन्त्रीलाई हटाएका हुन् ।

उनले संघीय सरकारका झै २० मन्त्रि परिषद गठन गरेका थिए, आज ८ जना राज्य मन्त्री हटाए पछि १२ जना मन्त्रिपरिषदमा सिमित भएको छ ।

मुख्यमन्त्री सिंहले एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई थप राज्यमन्त्री नियुक्त गरेका थिए, यसअघि नै उनको मन्त्रीमण्डलमा एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त भईसकेका थिए, आज सबै राज्यमन्त्री पदमुक्त भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै