• २०८१ असोज २ बुधबार

ग्रीसको एथेन्स नजिकको डढेलो अझै नियन्त्रण बाहिर, एकको जलेर मृत्यु

kharibot

काठमाडौँ । ग्रीसको एथेन्स सहरमा फैलिएको भीषण जंगलमा लागेको डढेलोमा परी एक जनाको मृत्यु भएको छ ।

उत्तरी एथेन्सको भ्रिलिसिया सहरको एउटा पसलमा एक महिलाको भएको विश्वास गरिएको उक्त शव अग्नि सेवाका स्रोतले बीबीसीलाई बताएका छन् ।

अग्निनियन्त्रकहरूले घर, व्यवसाय र विद्यालयहरू खतरामा परेको चेतावनी दिए पछि हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ र मंगलबारसम्म पनि आगलागी जारी रहन सक्ने पुर्व सुचना जारी गरिएको छ ।

फायर सर्भिसका प्रवक्ता कर्नल भासिलियोस वाथ्राकोगियानिसले भने, ‘एथेन्सका केही भागको म्याराथन र पेन्टेली शहरहरू वरपरका उत्तर पूर्वी क्षेत्रमा अझै पनि धेरै सक्रिय आगलागी देखिएका छन् ।’

एक विज्ञप्तिमा कर्नल वाथ्राकोगियानिसले भने, ‘नयाँ आगलागीका लागि अवस्था मंगलबार मात्र होइन, अर्को हप्ताको लागि पनि खतरनाक रहेको छ।’ सुरक्षित रहन ग्रिसको सरकारले स्थानीयसँग अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै