• २०८१ असोज १ मंगलबार

मस्कलाई अन्तर्वार्ता दिदै एक्समा फर्किए ट्रम्प

kharibot

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प सोसल मिडिया प्लेटफर्म एक्समा फर्किएका छन् ।

उनले मंगलबार बिहान एक्स प्लेटफर्मका मालिक एलन मस्कलाई प्रत्यक्ष अन्तर्वार्ता दिदै एक्समा फर्किएका हुन् । जनवरी ६, २०२१ मा क्यापिटल हिलमा भएको दंगापछि ट्रम्पलाई यस प्लेटफर्मबाट दुई वर्षको लागि प्रतिबन्ध लगाइएको थियो ।

मस्कले यो अन्तर्वार्ता बिना स्क्रिप्ट हुने र कुनै पनि मुद्दामा बोल्नको लागि कुनै सीमा नरहेको बताएका थिए । अन्तर्वार्तामा ट्रम्पले आफ्नो हत्या प्रयासको घटनाको बारेमा चर्चा गरेका थिए । 

अन्तर्वार्ताका क्रममा ट्रम्पले आफ्नो प्रतिद्वन्दी कमला ह्यारिस, वर्तमान राष्ट्रपति जो बाइडेनको बारेमा टिप्पणी गरेका थिए । ट्रम्पले ह्यारिसको आलोचना गर्दै उनले आफुले जस्तो यसरी अन्तर्वार्ता दिन नसक्ने बताए ।

इजरायलको  बारेमा चर्चा गर्दै उनले मिसाइल रक्षा प्रणाली आइरन डोम सधैं यसको लागि सुरक्षा कवच भएको छ । ट्रम्पले आफू पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा टिप्पणी गर्दै दुवै स्मार्ट भएको बताए ।

ट्रम्पले भने- 'उनीहरू स्मार्ट छन्। जब उनीहरू (पुटिन र किम) कमला र जो (राष्ट्रपति जो बाइडेन) सुतिरहेको देख्छन्, उनीहरू विश्वास गर्न सक्दैनन् ।' ट्रम्पले पुटिनलाई युक्रेनमा आक्रमण नगर्न आग्रह गरेको तर पुटिनले सुनेनन् ।

ट्रम्पले बाइडेन राष्ट्रपति नभएको भए रुसले युक्रेनमा आक्रमण गर्ने थिएन । ट्रम्पले आफु राष्ट्रपति भएपछि पुटिनसँग राम्रोसँग भेट्ने भन्दै पुटिनले आफुलाई सम्मान गर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै