• २०८१ असोज ५ शनिबार

समग्र हवाई सेवा प्रणालीको अध्ययन गर्न आयोग गठन गर्छौं- मन्त्री पाण्डे

kharibot

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षा प्रणालीमाथि अध्ययन गर्ने बताएका छन्। बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले हवाई दुर्घटनाबारे नीतिगत,कानुनी,प्राविधिक,जनशक्तिलगायत विविध विषयमा अध्ययन गरिने बताएका हुन् ।

यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल पनि भइसकेको उनले बताए ।

उनले भने- 'नीतिगत, कानुनी, संरचनागत, प्राविधिक, जनशक्ति, विभिन्न प्रकारका तालिम, अनुगमन र नियमनको स्थिति के छ? भन्नेमा समग्र अध्ययनका लागि एउटा आयोग बनाएरै / एउटा अध्ययन समिति बनाएर अगाडि बढ्न मन्त्रालयलाई प्रधानमन्त्रीले निर्देशन दिनु भएको छ। सोही आधारमा यो विषयमा थप छलफल गरिरहेका छौं ।'

मन्त्री पाण्डेले दुर्घटनाको छानबिन मात्रै नभइ समग्र हवाई सेवा प्रणालीको नै अध्ययनका लागि आयोग गठन गरिने बताए । उनले भने- 'हामीले सधैं आयोग बनाइरहने। आयोगले प्रतिवेदन दिन ढिलाइ गर्ने या त दिएपनि त्यसको कार्यान्वयनमा नजाने कारणले हामीले झन् जटिलतामा फस्दै गयौं। अब बन्ने आयोगबाट समग्र हवाई सेवाको अध्ययन गर्छौं ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै