• २०८१ असोज १ मंगलबार

कृषि समितिको सभापतिमा सांसद कुसुमको एकल उम्मेदवारी

kharibot

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद कुसुम थापामगरको एकल उम्मेदवारी दर्ता परेको छ ।

संसदीय समितिअन्तर्गतको उक्त समितिको सभापतिका लागि सांसद थापामगरको प्रस्तावकमा कांग्रेस सांसद बीरबहादुर बलायर र समर्थकमा एमाले सांसद सूर्यप्रसाद ढकाल रहेका छन् ।

यसअघि समिति सभापति रहेकी डा, आरजु राणा देउवा परराष्ट्रमन्त्री भएपछि कृषि समितिको सभापति पद खालि भएको थियो ।

एकल रुपमा उम्मेदवारी परेपछि सांसद थापा निर्विरोध सभापति चयन भएकी छन् । 

कांग्रेसको समानुपातिक सांसद रहेकी थापा पार्टी महामन्त्री गगन थापानिकट नेतृ हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै