• २०८१ असोज १ मंगलबार

सिमलताल दुर्घटना: अहिलेसम्म १२ जनाको शव भेटियो

kharibot

चितवन । चितवनको नारायणी नदी किनारमा अहिलेसम्म १२ जनाको शव भेटिएको छ । 

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म १२ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । नारायणी नदी हुँदै त्रिवेणीको गण्डक व्यारेज भएर भारतको वाल्मीकि नहरमा पुगेको अवस्थामा आइतवार चार वटा शव भेटिएको छ । ती शव पनि सिमलताल दुर्घटनामा परेका यात्रुकै हुन सक्ने अनुमान छ । नहरमा भेटिएका दुई वटा पुरुषको शव चितवन पठाइएको छ भने दुई वटा शव आज निकालेर पठाइने नवलपरासी प्रहरीले जनाएको छ ।

अहिलेसम्म पाँच जनाको सनाखत भएको र ७ जनाको सनाखत हुन बाँकी रहेको छ ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शुक्रबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।

गौरतर्फ गइरहेको बसमा २७ जना र र वीरगंजबाट काठामाडौँतर्फ गइरहेको बसमा ३८ जना बेपत्ता भएका थिए । जसमा तीन जना सकुसल बचेका थिए भने ६२ जना बेपत्ता रहेका छन् । अहिलेसम्म पनि बस भेटिएको छैन र त्रिशुली नदीमा खोजीकार्य जारी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै