• २०८१ असोज ५ शनिबार

सिटी एक्सप्रेसको १८औं बार्षिकोत्सवमा रक्तदान

kharibot

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आज असार २७ गते १७ बसन्त पार गरेर १८आंै बर्षमा प्रबेश गरेको छ ।  यही १८औं बार्षिकोत्सवको अवसरमा केन्द्रिय कार्यालय प्राङगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आयोजित कार्यक्रममा  मुख्य अभिप्राय “रक्तदान गर्नुहोस् , जिवन दान दिनुहोस्” भन्ने  मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।  सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल्लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न गर्यो ।

उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै