• २०८१ असोज २० आइतबार

आईएसएमटी कलेजका ३९० जना विद्यार्थी दिक्षित

kharibot

काठमाडौं । काठमाडौंस्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ । 

असार १६ गते सन्डरल्याण्ड विश्वविद्यालय (युनिभरसिटी अफ सन्डरल्याण्ड युके) का उच्च तहका प्रतिनिधि को प्रमुख आतिथ्यमा र अविभावकहरुको उपस्थितिमा होटल याक एण्ड यतिमा सम्पन्न उक्त समारोहमा बीबीए (बिजिनेस एण्ड म्यानेजमेन्ट ), बिएचएम, बीएस्सी आइटी (सीएसई) उत्तीर्ण ३९० जना विद्यार्थी दिक्षित भएका छन् ।

समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विश्वविद्यालय ले विशेष अवार्ड समेत प्रदान गरेको थियो ।

आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि युनिभरसिटी अफ  सन्डरल्याण्ड कै सम्बन्धनमा कलेज संचालन गरि बिबिए (बिजिनेस एण्ड म्यानेजमेन्ट), बिएचएम, बीएस्सी आइटी (सीएसई), बीएस्सी (अनर्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फोरेन्सिक र एमबी कार्यक्रम सञ्चालन गरिरहेको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै