• २०८१ असोज २० आइतबार

ब्राजिललाई हराउदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

kharibot

काठमाडौँ । उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । जारी कोपा अमेरिकाको क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोलले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । 

यस खेलको ७४औ मिनेटमा उरुग्वेका नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि उरुग्वेले सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने भएको छ । त्यस्तै हारसँगै ब्राजिलको कोपा अमेरिकाको यात्रा सकिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै