• २०८१ असोज १९ शनिबार

सप्तकोसीले खतराको तह पार, ४६ ढोका खोलियो

kharibot

विराटनगर । सप्तकोसी नदीको जलसतहले खतराको तह पार गरेको छ । सप्तकोशी  जलमापन केन्द्रका अनुसार सप्तकोशीमा आज यस वर्षकै सबैभन्दा उच्च तह मापन गरिएको छ ।

आज बिहान ८ बजे सप्तकोसीमा तीन लाख ४२ हजार ५२० क्युसेक जलसतह मापन गरिएको हो ।

अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ५६ मध्ये ४६ वटा ढोका खोलिएका छन् । शनिवार राति तीन एक लाख १६ हजार ८ सय क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको थियो भने आइतवार बिहान ६ बजे ३ लाख १६ हजार ८ सय क्यूसेक जलसतह मापन गरिएको थियो।

पहाडी क्षेत्रमा शुक्रवारदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो । जलसतह उच्च भएपछि खतराको संकेत रातो बत्ति बालिएको केन्द्रले जनाएको छ।

कोसीमा जलसतह सतर्कता तह पार गर्दै गएपछि उदयपुर, सुनसरी र सप्तरीका डुबान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन केन्द्रले अपील गरेको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न भनिएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै