• २०८१ असार २० बिहीबार

युरोकपमा आजराति अस्ट्रिया र टर्की भिड्दै

kharibot

काठमाडौँ । जारी युरोकपको नकआउट चरणमा आजराति  अस्ट्रिया र टर्कीबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुदै छ ।

अस्ट्रिया समुह डी मा समुह विजेता हुदै नक आउट चरणमा पुगेको हो । अस्ट्रियाले ३ खेलमा दुई खेल जित र एक हारसहित ६ अंक बटुलेर शिर्ष स्थानमा रहेको थियो । अस्ट्रिया पहिलो खेलमा फ्रान्ससँग १-० ले परजित भएको थियो । त्यस्तै दोस्रो खेलमा पोल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा नेदरल्याण्डसलाई ३-२ ले पराजित गरेको थियो ।

त्यस्तै टर्की समुह एफमा दोस्रो हुदै नक आउट चरणमा पुगेको छ । टर्कीले ३ खेलमा २ जित र एक हार बेहोरेको थियो ।

टर्कीले पहिलो खेलमा जर्जियालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमामा पोर्चुगलसँग ३-० ले पराजित भएको थियो भने तेस्रो खेलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

टर्की र अस्ट्रियाबीच अहिलेसम्म कुल १७ खेल भएको छ । जसमा टर्कीले ७ खेल जितेको छ भने अस्ट्रियाले ९ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेल बराबरी भएको छ ।

युरोकपमा टर्की अहिलेसम्म छैटौ पटक खेल्दै छ भने अहिलेसम्मको उत्कृष्ट प्रदर्शन २००८ मा सेमिफाइनलमा पुगेको थियो । त्यस्तै अस्ट्रिया अहिलेसम्म चौथो पटक युरोकप खेल्दै छ भने दोस्रो पटक नक आउट चरणमा पुगेको छ । यस अघि २०२० को युरोकपमा अस्ट्रिया नक आउट चरणबाट बाहिरिएको थियो ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै