• २०८१ असोज १२ शनिबार

राहुल गान्धीको व्यंग्य- मोदीले युक्रेन युद्ध रोकाए तर पेपर लिक रोक्न सकेनन् !

kharibot

काठमाडौँ । भारतीय नेशनल कांग्रेसका सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशाना साधेका छन् । राहुल गान्धीले प्रधानमन्त्री मोदीले युक्रेनमा युद्ध रोक्ने दाबी गरे पनि पेपर लीक रोक्न नसकेको व्यंग गरेका छन् ।

राहुलले पत्रकार सम्मेलन गर्दै भने- ‘अर्डर दिएर मोदीले रुस र युक्रेनबीचको युद्ध रोकेको भनिएको थियो, इजरायलले पनि गाजा युद्ध रोकेको थियो, तर कुनै न कुनै कारणले भारतमा जुन पेपर लिक भइरहेको छ, नरेन्द्र मोदी रोक्न सक्दैनन् वा रोक्न चाहँदैनन् ।'

राहुल गान्धीले देशको शिक्षा प्रणाली भाजपाले आफ्नो कब्जामा लिएको आरोप लागाउदै विपक्षी दलले पेपर लीकको मुद्दा संसदमा उठाउने बताएका छन् । उनले भारतको शिक्षा प्रणाली र संस्थामा वैचारिक आधारमा अयोग्य व्यक्ति नियुक्ति भइरहेकाले गुणस्तरमा असर परेको दाबी गरेका छन् ।

व्यापक अनियमितताका प्रमाण एकपछि अर्को गर्दै बाहिर आएपछि युजिसी नेट परीक्षा रद्द गरिएको छ । सोहि समयमा, भारतको मेडिकल संस्थानहरूमा भर्नाको लागि NEET परीक्षा पनि प्रश्नको घेरामा छ । बिहार पुलिसले कथित पेपर लीकको अनुसन्धान गरिरहेको धेरै व्यक्तिलाई पक्राउ गरेको छ ।

यसबाहेक मेरिट लिस्टमा पनि प्रश्न उठेको छ । NEET परीक्षा पनि रद्द गर्न माग गरिएको छ । राहुल गान्धीले भारतमा बढ्दो बेरोजगारीका कारण विद्यार्थीमाथि दबाब रहेको पनि बताए ।

राहुलले भने, 'हाम्रा विद्यार्थीहरूमा ठूलो दबाब छ, यो धेरै दिशाबाट आउँदैछ, पहिलो दिशा भारतमा ठूलो बेरोजगारी हो, सबैले यो कारण बुझ्छन् । देशका युवाहरूले मोदी बेरोजगारीको समस्या समाधान गर्न सक्षम नभएको महसुस गरेको बताएका छन् । राहुल गान्धीले पेपर लीक गर्नेहरूमाथि कारबाहीको माग गर्दै कडा कानुन बनाउनु पर्ने बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै