• २०८१ असोज १२ शनिबार

सिटी एक्सप्रेर र र युएईको अल जजीराबीच रेमिटान्स सम्झौता

kharibot

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको ख्यातिप्राप्त अल जजिरा एक्सचेन्जबीच रेमिटान्स कारोबार सुरु भएको छ ।

युएईमा रहेका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध २५ हजारभन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाईल वालेटमा लोड गर्न सकिन्छ । 

यस सम्झौताका आधारमा  युएईमा बैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहज र गुणस्तरिय बिप्रेषण सेवा प्रदान हुने बिश्वास लिन सकिन्छ । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा र रेमिटेन्स भुक्तानी सुचारु गरेको छ । अल् जजिरा एक्सचेन्जबाट पठाएको रकम सिटी पे वालेट मार्फत प्रोमो कोड  CITY 100 प्रयोग गरी भुक्तानी लिदा  रु. १०० सम्म बोनस पाउन सकिन्छ ।

 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै