• २०८१ असोज १२ शनिबार

युरोकप: स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिए

kharibot

काठमाडौँ । जारी युरोकप अन्तर्गत स्वीजरल्याण्ड र स्कटल्याण्ड बराबरीमा रोकिएका छन् ।

गएराती सम्पन्न खेलमा समुह ए अन्तर्गत स्वीजरल्याण्ड र स्कटल्याण्ड एक एक गोलको बराबरीमा रोकिएका हुन् ।

खेलको १६औ मिनेटमा स्कटल्याण्डका स्कट म्याकटोमिनीले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने खेलको २६औं मिनेटमा स्वीजरल्याण्डका लागि जेर्डन शाकिरीले गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसपछि खेलमा कुनै गोल भएन र खेल बराबरीमा सकिएको थियो ।

यो बराबरीपछि स्वीजरल्याण्डको समुह ए मा २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्डको भने २ खेलमा एक अंक रहेको छ र तेस्रो स्थानमा छ ।

अब समुह चरणको अन्तिम खेलमा स्वीजरल्याण्डले जुन २४ मा जर्मनीको सामना गर्ने छ भने स्कटल्याण्डले जुन २४ मै हंगेरीको सामना गर्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै