• २०८१ असार १२ बुधबार

आईजीपी परिवर्तनको विषय हल्ला मात्रै हो- प्रधानमन्त्री

kharibot

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल प्रहरी महानिरीक्षक परिवर्तन नहुने बताएका छन् ।

सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रले आफूले केही दिनअघि तीनवटै सुरक्षा निकायका प्रमुखसँग कुरा गरेको र उनीहरूलाई ढुक्कले काम गर्न भनेको जानकारी दिदै आईजीपी परिवर्तनको विषय हल्ला मात्रै रहेको बताए ।

प्रधानमन्त्रीले समग्रमा बजेट सन्तोषजनक रहेको बताउदै बजेट बारेको एमालेको असन्तुष्टि वास्तविक नभएको बताए । प्रधानमन्त्री दाहाल आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै