• २०८१ असार ११ मंगलबार

अफगानिस्तान टी- २० विश्वकपको सुपर आठमा, न्यूजील्याण्ड बाहिरियो

kharibot

काठमाडौँ । न्यूजील्याण्ड जारी टी -२० विश्वकपबाट बाहिरिएको छ । शुक्रबार बिहान सम्पन्न समुह सी अन्तर्गत अफगानिस्तानले पिएनजीलाई पराजित गरेसँगै न्यूजील्याण्ड विश्वकपबाट बाहिरिएको हो ।

समुह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज सुपर आठमा पुगेका छन् । अफगानिस्तानले पिएनजीलाई यस खेलमा ७ विकेटले पराजित गरेको थियो । पिएनजीले दिएको ९६ रनको लक्ष्य पछाएको अफगानिस्तानले १५.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि पिएनजीले पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा अल आउट भएर ९५ रन बनाएको थियो ।

यो जितपछि अफगानिस्तानले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ र सुपर आत्मा पुगेको छ । त्यस्तै वेस्ट इन्डिजले पनि तीन खेल जितेर ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यस समुहबाट युगाण्डा र पीएनजीपनि बाहिरिएका छन् । न्यूजील्याण्डले अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको थियो । र न्यूजील्याण्ड टी-२० विश्वकपको पहिलो चरणमै बाहिरिएको यो पहिलो पटक हो । 

अब अफगानिस्तानले वेस्ट इन्डिजको सामना गर्ने छ भने न्युजील्याण्डले युगान्डा र पिएनजीसँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै