• २०८१ असार १० सोमबार

गण्डकीमा सरकार विस्तार- देवकोटा र मनाङे बने मन्त्री

kharibot

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजिब गुरूङ (दीपक मनाङे) र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई मन्त्री बनाएका हुन् ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरूङ र देवकोटालाई मंगलबार मन्त्री नियुक्त गरेका हुन्।

दुवै नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख भट्टले शपथ गराएका छन् । गुरुङले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् भने देवकोटाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस अघि मुख्यमन्त्री पाण्डेले सोमबार विश्वास मत प्राप्त गरेका थिए । उनलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र १ र माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका देवकोटाले विश्वास मत दिएका थिए ।

गण्डकीमा यसअघि कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास र टकराज गुरूङ आर्थिक मामिला मन्त्री बनेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै