• २०८१ असार १२ बुधबार

फतुवाबिजयपुरले नि: शुल्क शुल्क वापत प्राधिकरणलाई बुझायो २ करोड ७५ लाख

kharibot

रौतहट । रौतहटको फतुवाबिजयपुर नगरपालिकामा नि: शुल्क विद्युत गरिएको छ । नगरपालिकाले आम नागरिकको विधुत महसुल बापत २ करोड ७५ लाखभन्दा बढी रुपैया नेपाल विद्युत प्राधिकरण मौलापुर शाखामा बुझाएको छ ।

कार्यवाहक मेयर अम्बेया खातुनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत वकिल पालसहित जनप्रतिनिधि र बिभिन्न दलका नेता सम्मिलित टोलीले प्राधिकरण प्रमुख दिनेश कुमार यादवलाई नगरवासीको विद्युत महशुल बापत रु २ करोड,७५ लाख २३ हजार ३२७ रुपैया ३० पैसाको चेक हस्तानतरण गरेको हो । चेक हस्तान्तरण गर्ने टोलीमा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कुमार यादव, नेकपा एमालेका नेता शिवपुजन यादव, वडा अध्यक्ष राकेश कुमार यादव (पप्पू) प्रमुख प्रशासकीय अधिकृत पाल लगायत रहेका थिए ।

आर्थिक वर्ष २०८०!०८१ मा नगरको प्रत्येक घरको नया पुरानो विद्युत मीटरबाट घरायसी प्रयोजनमा खर्च भएको विद्युत महसुल बापत प्रत्येक परिवारको लागि १० हजार रुपैयाँ बुझाउने निर्णय अनुसार छुट्याईएको ४ करोड रुपैयाबाट उक्त रकम प्राधिकरण हस्तानतरण गरिएको प्रमुख प्रशासकीय अधिकृत पालले जानकारी दिएका छन।नगरवासीको निशुल्क विद्युत हुने निर्वाचन अघि आफूले घोषणा गरे अनुसार विद्युत महसुल बुझाईएको फतुवा विजयपुरकी कार्यवाहक मेयर अम्बेया खातुनले दाबी गरेकी छिन् ।

उता घोषणा गरेर पनि नगरपालिकाले समयमा विद्युत महसुल न बुझाउँदा एमालेका नेता शिवपुजन यादवको अगुवाईमा सर्वदलीय संघर्ष समिति गठन गरी मेयर लगायत जनप्रतिनिधि माथि दवाब दिँदै आएको थियो ।

त्यस्तै आम जनता पार्टीका नगर अध्यक्ष  एवम मेयर प्रत्याशी विजय यादवको अगुवाईमा पार्टीका नेता कार्यकर्ताहरुले नगरवासीको विद्युत् महसुल बुझाउन नगरपालिका माथि दवाब दिँदै केही समय अघि मेयर अम्बेया खातुन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानलाई  १० बुँदे माग सहितको ज्ञापन पत्र बुझाएका थिए ।

फतुवा बिजयपुर नगरपालिकाका कांग्रेस पार्टीका निर्वाचित मेयर गोपाल राय यादव लाल बकैया नदीको टेण्डरको मुद्दामा अख्तियार द्वारा दोषी ठहर भएर बिशेष अदालतबाट कैद सहितको जरिबाना फैसला पछी गत आर्थिक वर्ष देखि उपमेयर अम्बेया खातुन कार्यवाहकको जिम्मेवारी पाएकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै