• २०८१ असार १० सोमबार

पुन: मतगणना रोक्न माग गर्दै व्यास नगरका मेयरले दायर गरे सर्वोच्चमा रिट

kharibot

काठमाडौं । तनहुँको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने सर्वोच्च अदालत पुगेका छन् । 

उनले व्यासको पुन: मतगणना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनको रिटको पेसी जेठ २७ गते आइतबार तोकिएको छ।

न्यौपानेले विहिबार उच्च अदालत पोखराको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका हुन् ।

उनले उच्च अदालतले आफूलाई अन्याय गरेको भन्दै न्यायको माग गरेका छन् । कांग्रेसबाट निर्वाचित भएका न्यौपानेविरुद्ध उनीसँगै प्रतिस्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार दिपक जोशीले पुन: मतगणना गर्न माग गरेर उच्च अदालतमा रिट हालेका थिए ।

गत जेठ १ गते उच्च अदालतका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले व्यास नगरपालिकाको पुन:मतगणना गर्न आदेश दिएको थियो । निर्वाचन आयोगबाट सम्पूर्ण कागजपत्र मगाएर ती कागजपत्र अध्ययन गर्दा निर्वाचनमा खसेको मत र बदर मत जम्मा मतसँग नमिलेको आदेशमा उल्लेख छ । असार २ गते बिहान १० बजेदेखि पुनः मतगणना गर्न भन्दै अदालतले नै मिति तोकिदिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै